दफा ३९
मतदानको प्रक्रिया
(१) मतदान केन्द्रमा मतदानको लागि उपस्थित मतदातालाई मतदान अधिकृतले तोकिए बमोजिमको रीत पुर्याई मतपत्र दिनेछ ।
(२) मतदातालाई मतपत्र दिनुअघि मतदान अधिकृतले मतदाता नामावलीमा तोकिए बमोजिमको सङ्केत जनाई आयोगले निर्धारण गरे बमोजिमको मतपत्र दिनेछ ।
(३) मतदाताले मतपत्रमा तोकिए बमोजिमको छाप वा चिह्न गोप्य तवरले लगाई मतदान गर्नु पर्नेछ ।
(४) मतदाताले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनको हकमा मतपत्रमा आपूले रोजेको कुनै एक जना उम्मेदवारको चिह्न भएको कोठामा र समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनको हकमा आफूले रोजेको कुनै एक दलको
निर्वाचन चिह्न भएको कोठामा उपदफा (३) बमोजिमको छाप वा चिह्न लगाई तोकिए बमोजिम मतदान गरी मतपेटिकामा खसाउनु पर्नेछ।
(५) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि मतदान गर्ने प्रयोजनको लागि विधुतीय उपकरण प्रयोग गरिएको अवस्थामा मतदाताले तोकिए बमोजिम विधुतीय उपकरणद्वारा मतदान गर्नु पर्नेछ ।